जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएकी जाम्बियाकी महिला पक्राउ

 संवाददाता    २०८२, २४ कार्तिक आईतवार १५:५४     225 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते राति केन्द्रीय कारागारबाट फरार भएकी जाम्बियाकी महिला पक्राउ परेकी छन्।

जाम्बियाकी नागरिक ३५ वर्षकी अविशार्ग कपुतुलालाई आइतबार पक्राउ गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

उनी लागुऔषधको मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारास्थित जगनाथदेवलमा थुनामा थिइन्।

उनलाई आइतबारै प्रहरीले कारागारमा बुझाएको छ। आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट मात्रै ३ हजार ५ सय कैदीबन्दी फरार भएका थिए। ती मध्ये केही आफै उपस्थित भए भने अरुलाई प्रहरीले खोजतलास गरेर पक्राउ गरिरहेको छ।