प्रहरीले काठमाडौँ महानगरपालिका–१२ टेकु ह्युमतबाट ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट थप रिभल्वर दुई थान र गोली समेत बरामद गरिएको छ ।
अमरको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा दुई राउण्ड गोली साथै सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “हाम्रो टोली र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको थियो, थप अनुसन्धानका क्रममा उनीहरुको घरबाट शनिबार रिभल्वर दुई थान र गोली बरामद गरिएको छ ।”