हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत चार खेलमा हार भोग्दै नेपाली क्रिकेट टोलीले हङकङ यात्रा सकेको छ।
आइतबार बिहान भएको खेलमा नेपाल संयुक्त अरब एमिरेन्ट्स (यूएई) सँग ४३ रनले पराजित भएको हो।
यूएईले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा ४ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो।
प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा भारतलाई ९२ रनले पराजित गर्नुबाहेक नेपालले अन्य कुनै खेलमा जित निकाल्न सकेन।
प्रतियोगितामा लगातार तीन खेलमा हार भोगेको नेपालले चौथो खेलमा आएर जितको स्वाद लिन पाएको थियो। शनिबार नै भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भयो। त्यो नेपालको लगातार तेस्रो हार थियो।
शनिबारै भएको दोस्रो खेलमा पनि नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले हारेको थियो। यसअघि शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
हङकङ इन्टरनेशनल सिक्सेससँगै शरद भेषावकरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। नेपाल क्रिकेट संघ –क्यान) ले शरदलाई सामाजिक सञ्जालबाट दोस्रो इनिङस्का लागि शुभकामना दिएको छ।