डीएसपी एलिजा गिरी बयानका निम्ति सिंहदरबारस्थित जाँचबुझ आयोगको सचिवालय पुगेकी छन् । जेनजी आन्दोलनको पहिलो दिन नयाँ बानेश्वरस्थित संसद भवनको कमाण्डरका रूपमा खटिएकी एलिजा हालथानकोट प्रहरी वृत्तमा कार्यरत रहेकी छन् । उनीसँगै कालिमाटी वृत्तका डीएसपी मधुकुमार थापा पनि त्यहाँ पुगेका छन् ।थापा जेनजी आन्दोलनका घाइते तथा जिल्ला प्रहरी परिसर सुरक्षाका खटिएका बापत प्रहरी दिवसमा पुरस्कृत भएका थिए ।