भारतका पूर्वक्रिकेटरद्वय सुरेश रैना र शिखर धवनको ११.१४ करोड सम्पत्ति जफत

 संवाददाता    २०८२, २२ कार्तिक शुक्रबार ११:४०     320 जनाले पढ़िसके



Spread the love

भारतका पूर्वक्रिकेटरद्वय सुरेश रैना र शिखर धवनको ११.१४ करोड सम्पत्ति प्रवर्तन निर्देशनालय (ईडी) ले अस्थायी रूपमा जफत गरेको छ।

ईडीले यो जानकारी एक्समार्फत दिएको हो।

जसमा दुई पूर्वक्रिकेटरविरुद्धको यो कारबाही अवैध सट्टेबाजी प्लेटफर्म वनएक्सबेटको प्रचारसँग सम्बन्धित रहेको उल्लेख छ।

यो जफत सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए), २००२ अन्तर्गत गरिएको बीबीसी हिन्दीले जनाएको छ।

ईडीले रैनाको नाममा रहेको ६.६४ करोडको म्युचुअल फन्ड र शिखर धवनको नाममा रहेको ४.५ करोडबराबरको अचल सम्पत्ति अस्थायी रूपमा जफत गरेको हो।

उनीहरूले अवैध भएको थाहा पाउँदापाउँदै वनएक्सबेटका प्रतिनिधिलाई समर्थन गरेको पाइएको ईडीले जनाउको छ। साथै यसमा १ हजार करोड भारु मनी लन्ड्रिङ भएको पनि पाइएको ईडीको दाबी छ।