अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका सेयरधारकहरूले सीईओ इलोन मस्कका लागि १ ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।
यो कर्पोरेट सीईओका लागि अहिलेसम्मकै सबैभन्दा धेरै तलब प्याकेज हो।
कम्पनीले बिहीबार आफ्नो वार्षिक बैठकमा ७५ प्रतिशत सेयरधारकहरूले यो तलब प्याकेजका पक्षमा मतदान गरेको घोषणा गरेको हो।
केही दिनदेखि बोर्ड, मस्क र खुद्रा लगानीकर्ताहरूले विद्युतीय सवारी निर्माता टेस्ला इंकका लागि सीईओको तलब प्याकेज १ ट्रिलियन डलर पुर्याउन अभियान चलाएका थिए।
यद्यपि पूर्ण तलब प्राप्त गर्न मस्कले टेस्लाको बजार मूल्य बढाउनुपर्नेछ र सुस्त कार व्यवसायलाई बढावा दिनुपर्नेछ।
साथै रोबोट्याक्सी र अप्टिमस रोबोटिक्सको लक्ष्य प्राप्त गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।