हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपालको हार

 संवाददाता    २०८२, २२ कार्तिक शुक्रबार १०:३८     119 जनाले पढ़िसके



Spread the love

सन्दीप जोराको अर्धशतक र रासिद खानको घातक बलिङका बाबजुद हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

शुक्रबार बिहान भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले हारेको हो।

अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सन्दीप जोरा ५३ रन बनाउँदा रिटायर्ड हर्ट भए। उनले १४ बलमा १ चौका र ८ छक्का सहयोगमा ५३ रनको योगदान दिए।

ओपनर लोकेश बम १० रन बनाउँदा क्याच आउट हुन पुगे। रासिद खान ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
आदिल आलम ११ रनमा अविजित रहे।

त्यसअघि मिसन रोड ग्राउन्ड मोङकोकमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।

ओपनर करिम जनतले १० बलमा २ चौका र ४ छक्का सहयोगमा ३५ रन बनाए।

कप्तान गुल्बदिन नैब २२ रन बनाउँदा रासिद खानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सादिकुल्लाह पचाले १३ रन बनाए। फरमुल्लाह साफी ३० रनमा नटआउट रहे।

नेपालका लागि रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले एक विकेट आफ्नो नाममा गरे।

प्रतियोगितामा नेपालले शनिबार तीन खेल खेल्नेछ। नेपालले शनिबार दक्षिण अफ्रिका, हङकङ, कुवेतसँग खेल्नेछ।

आइतबार यूएईविरुद्ध खेल्नेछ।