ठेकेदारसँगको सेटिङमा सवा १ करोड भ्याट छली, कर अधिकृतसहितलाई भ्रष्टाचार मुद्दा

 संवाददाता    २०८२, २१ कार्तिक बिहीबार १५:५३     201 जनाले पढ़िसके



Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले राजस्व रकम हिनामिनाको आरोपमा आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको ।

मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खनन्‌का लागि स्वामिनारायण निर्माण सेवा प्रालि, धरानसँग ९ करोड ५१ लाख ५१ हजार ५१ (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेकोमा कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा अधिकृत र ठेकेदारसँग मिलेमतोमा उक्त रकम अनियमितता गरेको अख्तियारको भनाइ छ ।

तत्कालीन कर अधिकृत आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतलाई जनही १ करोड २३ लाख ६९ हजार ६४९ कायम गरी सोही बिगोबराबर जरिवाना र कैद सजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।