डोल्पामा बेपत्ता २ जनालाई सेनाले गर्‍यो उद्धार

 संवाददाता    २०८२, २१ कार्तिक बिहीबार १४:५७     102 जनाले पढ़िसके



Spread the love

डोल्पामा बेपत्ता भएका २ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। डोल्पाको भ्रमण पश्चात मुस्ताङतर्फ फर्कँदै गर्दा छार्काताङ्सोङ गा.पा.१, मुलुङ भन्ने ठाउँबाट मिति कात्तिक १६ गतेबाट अचानक सम्पर्कविहीन भएका पर्वत जिल्ला, जलजला गाउँपालिका-३, माझफाँट स्थायी घर भएका २ जनाको उद्धार भएको हो।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा खटिएको नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले हेलिकप्टरमार्फत आज बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५, भेरोल इलाकाबाट उद्धार गरी जोमसोम विमानस्थलमा आफन्तलाई बुझाइएको सेनाले जनाएको छ।