नेपाली फुटबलमा देखिएको अव्यवस्थाविरुद्ध सरोकारवालाहरूले दिए एन्फा मुख्यालय अगाडि धर्ना

 संवाददाता    २०८२, २१ कार्तिक बिहीबार १२:२५     101 जनाले पढ़िसके



Spread the love

नेपाली फुटबलमा देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र एन्फा नेतृत्वको गैरजवाफदेहिताविरुद्ध सरोकारवालाहरूले बिहीवार एन्फा मुख्यालय अगाडि धर्ना दिएका छन्।

बिहान एक घण्टा चलेको धर्नामा सहभागीहरूले ‘घरेलु लिग चलाउ, फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा, दिक्क लाग्दो नेपाली फुटबल’, ‘नो गेम, नो फ्रेमः एन्फाज टु ब्लेम’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले एन्फा भित्रको नेतृत्व विवाद र आर्थिक अनियमितताका कारण नेपाली फुटबल थलिन थालेको आरोप लगाएका छन्। हालै धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभामा पनि अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि क्लबहरूले आर्थिक अनियमितताको आरोप लगाएका थिए।

एन्फाले २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको दाबी गरेको छ। तर, उक्त रकमको विवरण सार्वजनिक नभएपछि केही क्लबहरूले असन्तुष्टि जनाएका छन्। खेलाडीहरूको तलव र सुविधासम्बन्धी समस्या पनि समाधान हुन सकेको छैन।