निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो।
भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौँ ल्याइने उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले नेपालखबरलाई जानकारी दिए।
उनीमाथि सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ।