४ बुँदे मागसहित कांग्रेस कार्यालयको मुख्य गेटमा तालाबन्दी, नखोल्ने अडान

 काँग्रेस     २०८२, १८ कार्तिक सोमबार १६:५७     151 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस सुधार अभियानका नाममा युवा विद्यार्थीहरूले सानेपास्थित कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार तालाबन्दी गरे।

नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल, मनिष रायमाझी लगायतको अगुवाइमा ४ बुँदे मागसहित युवा विद्यार्थीले प्रदर्शन गरी मुख्य गेटमा तालाबन्दी गरेका हुन्।

पार्टी कार्यालयमा तालाबन्दीपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटस्थित एक होटलमा बसेको छ।

भोलि दिउँसो १ बजे केन्द्रीय समिति बैठक सानेपामै बस्दैछ।

तर तालाबन्दी गरेकाहरूले आफूहरूका माग पूरा नभएसम्म ताला नखोल्ने अडान लिएका छन्।

‘पार्टी केन्द्रीय कार्यालय हामीले तालाबन्दी गरेका छौं, हाम्रो मागलाई नजरअन्दाज गरे त्यसको जिम्मेवारी स्वयम पार्टीको उच्च नेतृत्वले लिनुपर्छ,’ नेविसंघका नेता मनिष रायमाझीले भने।

उनले आफूहरूका ४ माग रहेको बताए।

पहिलो- केन्द्रीय समितिबाट तत्काल १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नुपर्ने।

दोस्रो- पार्टीमा युवाको प्रतिनिधित्व ४० प्रतिशत हुने सुनिश्चित गर्नुपर्ने।

तेस्रो- क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विवरण सार्वजनिक गरी पार्टीको वेबसाइटमा राख्नुपर्ने।

चौथो- नियमित महाधिवेशन गर्न नसक्ने दुई महामन्त्रीसहित सबै पदाधिकारी र केन्द्रीय समितिले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने।

रायमाझीले भने