आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

 संवाददाता    २०८२, १७ कार्तिक आईतवार १३:४०     170 जनाले पढ़िसके



Spread the love

आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि आज (आइतबार) भारत र दक्षिण अफ्रिका भिड्दैछन्। भारतको नवी मुम्बइमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ।

भारतमा हुने विश्वकपको फाइनलमा नयाँ विजेताले उपाधि उचाल्नेछन्।

फाइनल अघि दुवै टोली उपाधि जित्ने लक्ष्यमा मैदान उत्रँदैछन्। पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले इङल्यान्डलाई १ सय २५ रनले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

भारतले भने अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हाे।

महिला विश्वकपको फाइनलअघि भारतीय गायिका सुनिधी चौहानले विशेष प्रस्तुती दिनेछिन्। गायिका सुनिधिसँगै ६० जना डान्सरको समुहले प्रस्तुती दिने आइसीसीले जनाएको छ। यस्तै कोरियोग्राफर संजय सेट्टीले विशेष आतिशबाजी प्रदर्शन पनि गर्नेछन्।

फाइनलमा लेजर शो, ३ सय ५० मास्ट कास्ट कलाकार र ड्रोन प्रस्तुती पनि समावेश गरिनेछ।

फाइनलअघि गायिका सुनिधिले भारतको राष्ट्रिय गान प्रस्तुत गर्नेछिन्। दक्षिण अफ्रिकाको राष्ट्रिय गान भने केप टाउनको ट्यारिन बैकले गाउनेछन्।