काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि शहरी विकासमन्त्री पुगे बञ्चरेडाँडा

 संवाददाता    २०८२, १७ कार्तिक आईतवार ११:५४     143 जनाले पढ़िसके



Spread the love

काठमाडौँको फोहोर लैजान स्थानीयले अवरोध गरेपछि शहरी विकासमन्त्री कुलमान घिसिङ ल्याण्डफिल्ड साइट अनुगमनको लागि बञ्चरेडाँडा पुगेका छन्।

स्थानीयले अवरोध गर्दा गएको पाँचदिनदेखि काठमाडौँको फोहोर उठाउन सकिएको छैन। मन्त्री घिसिङले फोहोर व्यवस्थापन उत्पन्न समस्या समाधानको लागि अहिले स्थानीयसँग छलफल गरिरहेका छन्।

स्थानीयले विभिन्न माग राखेर फोहोर व्यवस्थापनमा अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा फोहोर फाल्न सकेको छैन। काठमाडौँ महानगरपालिका र अन्य स्थानीय तहबाट दैनिक १ हजार २ सय टनभन्दा बढी फोहोर उत्पादन हुँदै आएको छ।

समयमै फाेहाेर बिसर्जन नहुँदा राजधानी काठमाडाैँमा दुर्गन्ध बढ्दै गएकाे छ।