दुई युवकलाई यौन उत्पीडन गरेको कसुरमा अस्ट्रेलियाका पूर्वमन्त्रीलाई झन्डै ६ वर्षको जेल सजाय

 संवाददाता    २०८२, १५ कार्तिक शुक्रबार १३:१३     131 जनाले पढ़िसके



Spread the love

कामका क्रममा भेटेका दुई युवकलाई यौन उत्पीडन गरेको कसुरमा अस्ट्रेलियाका पूर्वमन्त्री ग्यारेथ वार्डलाई पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ।

बीबीसीका अनुसार ४४ वर्षीय वार्ड जुलाईदेखि जेलमा छन्।

एक निर्णायक मण्डलले उनलाई २०१३ र २०१५ मा दुई छुट्टाछुट्टै घटनामा एक युवकलाई बलात्कार गरेको र अर्कोमाथि अभद्र व्यवहार गरेकोमा दोषी ठहर गरेको हो।

वार्डले २०११ देखि न्यु साउथ वेल्सको तटीय सहर कियामाको प्रतिनिधित्व गरिरहेका थिए।

२०२१ मा आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिए, तर सांसद रहे र २०२३ मा पुन: निर्वाचित भएका थिए।

वार्डलाई सजाय सुनाउने न्यायाधीशले यस मुद्दामा ‘कारावासबाहेक अरू कुनै सजाय उपयुक्त नभएको’ बताए।