विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहितले बनाए अर्धशतक

 संवाददाता    २०८२, १४ कार्तिक बिहीबार १३:३६     134 जनाले पढ़िसके



Spread the love

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तरगत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रोहितले ७७ बलमा ५० रन बनाएका हुन्।

चौथो विकेटका लागि रोहितले आरिफ सेखसँग ६० रनको साझेदारी गरेका छन्। रोहितले २ चौका र एक छक्का प्रहार गरे।

३२ औँ ओभरको पहिलो बलमा रोहितले अर्धसतक बनाउँदा नेपालले ३ विकेटको क्षतिमा १२२ रन बनाएको छ।

यसअघि कुशल भुर्तेल १२ बलमा ७ रन जोडेर आउट हुँदा भीम सार्कीले मात्रै ३ रन जोडे। आसिफ सेखले ३५ रनको योगदान दिए।