दाउन्ने क्षेत्रमा आएको वर्षातले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 संवाददाता    २०८२, १४ कार्तिक बिहीबार ११:४३     128 जनाले पढ़िसके



Spread the love

नवलपरासीको दाउन्ने क्षेत्रमा आएको वर्षातले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

दाउन्नेको विश्वकर्मा मन्दिर नजिकमा गाडी चिप्लिएर राजमार्ग अवरुद्ध भएको हो ।

बिहीबार बिहान ३ बजेदेखि महेन्द्र राजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका सैयौं गाडी दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार सामान्य वर्षाका कारण राजमार्ग हिलाम्य भएर गाडी आउजाउ हुन नसकेको हो ।

विश्वकर्मा मन्दिर नजिक कच्ची सडकमा ग्राइभेल राख्न सडक विभागमा खबर गरिएको छ । यो क्षेत्रमा रातीबाट पानी परिरहेको स्थानीयले जनाएका छन् ।