खेलकुद मन्त्रालय मातहतका ७ निकायलाई सबै बैठकको प्रत्यक्ष प्रशारण गर्न खेलकुदमन्त्रीको निर्देशन

 संवाददाता    २०८२, १३ कार्तिक बुधबार १६:०७     134 जनाले पढ़िसके



Spread the love

खेलकुद मन्त्रालयले मातहतका विभिन्न ७ निकायलाई पत्र पठाउँदै सबै बैठकको प्रत्यक्ष प्रशारण गर्न सर्कुलर गरेको छ । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्नासाथ मातहतका सबै निकायको बैठक प्रत्यक्ष प्रशारण गर्ने पहिलो निर्णय गरेका थिए ।

त्यसै बमोजिम राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एन्टिडम्पिङ एजेन्सी, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति धनगढीलाई पत्राचार गरिएको हो ।

पत्रमा भनिएको छ, ‘यस मन्त्रालय र अन्तरगतका निकायहरुका प्रशासनिक कार्यहरुमा पारदर्शीता कायम गर्नका लागि हाल विद्यमान बजेट स्रोतबाटै व्यवस्थापन गर्ने गरी तहाँ निकायका सबै प्रकारका वैठकहरुको प्रत्यक्ष प्रशारण गर्ने भनि मिति २०८२/७/९ मा मन्त्रीस्तरीय निर्णय भएको हुँदा सोही ऋननुसार गर्नु गराउनुहुन अनुरोध छ ।’