अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालको मौसममा

 संवाददाता    २०८२, ११ कार्तिक सोमबार १०:४४     121 जनाले पढ़िसके



Spread the love

नेपालको मौसममा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव सुरु भएको छ।

केही दिनदेखि कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको नेपालमा आजदेखि उल्लिखित दुई प्रणालीको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने छ।

यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको मौसम महाशाखाले जानकारी दिएको छ।

यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाड भेगमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली रहने छ।

साथै राति गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थान तथा बाँकी पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।