कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित, ६३ प्रतिशत भन्दा धेरै उत्तीर्ण

 संवाददाता    २०८२, १ कार्तिक शुक्रबार १४:०२     131 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षामा सहभागी परिक्षार्थीहरूको परीक्षाफल प्रकाशित गरेको छ।

बोर्डले आज सूचना प्रकाशित गर्दै गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ का पुराना आंशिक र ग्रेड वृद्धि परीक्षार्थीको परीक्षाफल प्रकाशित भएको जानकारी दिएको हो।

परीक्षामा पुराना आंशिकतर्फ नौ हजार नौसय ३४ र ग्रेडवृद्धि तर्फ चार हजार नौसय ७४ गरि १४ हजार नौसय १० परीक्षार्थी सहभागी भएका थिए।

त्यसमध्ये पुरानो आंशिकतर्फ पाँच हजार नौसय १६ र ग्रेडवृद्धि तर्फ तीन हजार पाँचसय ३० गरि कुल नौ हजार चारसय ५६ जना विद्यार्थी सबै विषयमा उत्तीर्ण भएका छन्। यो परीक्षामा समग्रमा ६३ दशमलव ४२ जना विद्यार्थी उत्तीर्ण भएका बोर्डले जनाएको छ।

दुईजना परीक्षार्थीको भने सबै विषयको परीक्षाफल रद्द गरिएको छ।

विभिन्न वेबसाइट र एसएसएस सेवामार्फत परीक्षाफल हेर्न सकिने सूचनामा उल्लेख छ।

हेर्नुहोस सूचना