प्रदर्शनकारीहरूविरुद्ध गोली चलाउन आदेश दिएको आरोपमा शेख हसिनाविरुद्ध मृत्युदण्डको माग

 संवाददाता    २०८२, १ कार्तिक शुक्रबार १२:४७     107 जनाले पढ़िसके



Spread the love

बंगलादेशमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेको छ।

सञ्चारमाध्यमका अनुसार गत वर्ष विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गरेको भन्दै उनलाई मानवताविरुद्धको अपराधको अभियोग लगाइएको छ।

गत वर्ष जुलाईमा बंगलादेशमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री हसिना देश नै छाडेर भाग्नुपरेको थियो। हाल उनी भारतको शरणमा छिन्।

आन्दोलनका बेला झन्डै १ हजार ४ सय जना मारिएका थिए। यसलाई बंगलादेशमा १९७१ को स्वतन्त्रता युद्धपछिकै सबैभन्दा ठूलो हिंसा मानिएको छ।

हालै सार्वजनिक अडियो क्लिप्समा हसिनाले सुरक्षा बललाई प्रदर्शनकारीहरूविरुद्ध गोली चलाउन आदेश दिएको पाइएको दाबी गरिएको छ। तर हसिनाले आरोप अस्वीकार गरेकी छन्।

‘हसिनाले १,४०० मृत्युको सजाय पाउनुपर्छ’, बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने, ‘त्यसैले हामी मृत्युदण्डको माग गर्छौं।’