नेपाल भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्रीको आग्रह

 संवाददाता    २०८२, १ कार्तिक शुक्रबार १२:२३     83 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी देश भएकाले नेपाल भ्रमणको लागि विश्व समुदायलाई आग्रह गरेका छन्।

बिहीबार विश्व बैंक समूहले अमेरिकामा आयोजना गरेको ‘दिगो पर्यटनः रोजगारी, जीवनयापन आर्थिक वृद्धिको लागि विषयक’ छलफल कार्यक्रममा भाग लिँदै मन्त्री खनालले यस्ताे बताएका हुन्।

कार्यक्रममा भाग लिँदै मन्त्री खनालले पर्यटकहरूलाई सदैव न्यानो आथित्यता प्रदान गर्न र विश्वस्तरको उत्कृष्ट सेवा प्रदान गर्ने बताए। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रासस