सुनको मूल्य तोलामा एकैदिन ७ हजार १ सयले बढ्यो

 संवाददाता    २०८२, १ कार्तिक शुक्रबार १२:०८     218 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ७ हजार १ सयले बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि ७५रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।