सुनको मूल्यमा ब्यापक वृद्धि

 संवाददाता    २०८२, ३० आश्विन बिहीबार ११:१७     190 जनाले पढ़िसके



Spread the love

सुनको मूल्य तोलाको अढाई लाख रुपैयाँभन्दा माथि पुगेको छ।

आज तोलामा दुई हजार रुपेयाँ बढेर सुनकाे मूल्य तोलाको दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलामा चारसय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो।

यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो।

गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

चाँदीको मूल्य भने आज घटेको छ।

चाँदीको मूल्य आज तोलामा ६५ रुपैयाँ घटेर तीन हजार दुईसय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको मूल्इ तीन हजार तीनसय ४० रुपैयाँ पुगेको थियो।