कसैले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपालौँ: केपी ओली

 संवाददाता    २०८२, २९ आश्विन बुधबार १३:०३     114 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम राखिएको भन्दै आपत्ति जनाए।

पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला। यो भ्रम नपाले हुन्छ।’

ओलीले एमाले देशको राजनीति, आर्थिक विकासको नायक पार्टी भएको पनि बताए। ‘यो सबै कुरा व्यवहारले देखाइसकेको छ। हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ,’ उनले भने, ‘३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो।’