दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको मृत्यु

 संवाददाता    २०८२, २९ आश्विन बुधबार १३:०१     152 जनाले पढ़िसके



Spread the love

रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको ज्यान गएको छ ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुुसार दाना उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर न.पा.१२ बस्ने बर्ष ५४ को रेशम दमाई र जिल्ला चितवन रत्ननगर न.पा.१२ बस्ने ४५ वर्षका कमल गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बिहान ९ बजेर ५० मिनेट जाँदा उद्योगको दाना नम्बर ४ को वाल भत्किएको थियो । घटनामा अरु दुई जना मजदुर पनि घाइते भएका जनाइएको छ ।

घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर न.पा.१२ बस्ने वर्ष अ. ३९ को जितेन्द्र महतोको हात खुट्टामा चोट लागेको र पर्सा जिल्ला नै घर भइ रत्ननगर न.पा.१२ बस्ने ४० वर्षका पंकज प्रसाद थारूको हात खुट्टामा चोट लागेको चितवन प्रहरीले जनाएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।