मोरङमा श्रीमतीले काटिदिईन श्रीमानको गोप्य अंग

 संवाददाता    २०८२, २८ आश्विन मंगलवार १०:४५     103 जनाले पढ़िसके



Spread the love

मोरङको कटहरीमा महिलाले पतिको गोप्य अ‌ंग काटिदिएकी छन्।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष (गोप्यताका लागि नाम नखुलाइएको) को लिंग धारिलो हतियारले काटिदिएकी हुन्।

सोमबार राति दुई जनाबीच विवाद हुँदा ३० वर्षकी पत्नीले उनको लिंगमा धारिलो हतियारले प्रहार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

‘धारिलो हतियारले पुरुषको गोप्य अंग आधा छिनेको छ’, डीएसपी चुँडालले भनिन्, ‘उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेका छौँ।’

मोरङकै जहदा गाउँपालिका-३ का बासिन्दा उनीहरू कटहरी गाउँपालिका-२ मा डेरामा बस्थे।

झगडाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।