दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको छ।
यसअघि उपत्यकाको न्यनूतम तापक्रम आइतबार १३.३, शनिबार १४.५, शुक्रबार १५.६ तथा बिहीबार १७.४ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले आज मापन गरेका देशका विभिन्न स्टेसनमध्ये सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा २.९ डिग्री सेल्सियस छ।
हेर्नुहोस् सूची–

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ। मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
अत: माथिको सूचीमा न्यूनतम तापक्रम आजको हो भने अधिकतम हिजो शनिबारको हो।
मौसम महाशाखाका अनुसार मनसुन असोज २४ गते (अक्टोबर १० तरिख) नेपालबाट बाहिरिसकेको छ।
त्यसयता पश्चिमी वायु सक्रिय हुनुपर्ने हो तर हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ।