लमजुङमा अरिङ्गालले टोक्दा ८२ वर्षीय वृद्धको मृत्यु

 संवाददाता    २०८२, २७ आश्विन सोमबार १४:३५     106 जनाले पढ़िसके



Spread the love

लमजुङमा अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको छ।

आइतबार साँझ अरिङ्गालले टोकेर गम्भीर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको हाे।

वडाध्यक्ष शिवप्रसाद जोशीका अनुसार बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर उनी घाइते भएका थिए। तत्काल उपचारका लागि उनलाई बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियाे।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने जानकारी दिए। रासस