काठमाडौँको पशुपतीनजिक गौरीघाटमा एक महिलाको हत्या भएको छ। काठमाडौँ महानगरपालिका ७ गौरीघाट मिलनचोक डेरा गरी बस्ने संखुवासभा खाँदबारी नगरपालिका ६ घर भएकी ४० वर्षीया बिमला तामाङ भन्ने अप्सरा कार्कीको हत्या भएको हो।
उनी आइतबार दिउँसो मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।
हत्यामा उनकै श्रीमानका आशंका गरिएको छ। ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरिसकेको छ। उनीहरूबिच वादविवाद भई झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले घटनामा संलग्न देखिएको भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको एसपी भट्टराईले बताए।