मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ।
सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ पनि सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन्।
क्याम्पेनको मूल उद्देश्य ‘रोजाइको स्वतन्त्रता’ हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ।
इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरुमध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन्। यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ।
स्वस्तिमा खड्का यस क्याम्पेनको ब्रान्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ।
क्याम्पेनको सन्देश ‘इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा’ले इनड्राइभको ‘पिपुल फर्स्ट’ मिसनलाई बलियो बनाउँदै निष्पक्षता र स्वतन्त्रता माथि आधारित समुदाय निर्माणको भावना प्रष्ट पार्ने कम्पनीले उल्लेख गरेको छ।
इनड्राइभका एसिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले यो क्याम्पेनले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता र समुदायलाई मूर्त रूप दिएको बताए।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले इनड्राइभ सधैँ समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरुलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको उल्लेख गरिन्।
त्यस्तै ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बेस्डरको रूपमा जोडिन पाउँदा अत्यन्त उत्साहित रहेको बताइन्।
३६० डिग्री क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेसनहरू मार्फत देशभर लागू गरिनेछ, जसले एकीकृत सञ्चार अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।