आज सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च

 संवाददाता    २०८२, २७ आश्विन सोमबार ११:४४     240 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ।

तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

यसअघि गत साताको बिहीबार सुनको मूल्य दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेर केही घटेको थियो।

गएको शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार दुईसय रुपैयाँ घटेको थियो।

गएको आइतबारदेखि बिहीबारसम्म लगातार उच्च मूल्यको नयाँनयाँ रेकर्ड कायम गर्दै आएको सुनले आज फेरि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको हो।

त्यसैगरि चाँदीको मूल्य पनि आज बढेको छ।

चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेर तीन हजार दुईसय २० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि अहिलेसम्कै सर्वाधिक महँगो हो।