आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग खेल्दै

 संवाददाता    २०८२, २७ आश्विन सोमबार ११:४०     138 जनाले पढ़िसके



Spread the love

आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटमा नेपाल आज कतारसँग खेल्दैछ।

क्रिकेट ग्राउण्ड ओमानमा साँझ ८ः४५ बजेसुरु हुने खेलमा नेपाल लगातार जित निकाल्दै विश्वकप नजिक पुग्ने योजनामा हुनेछ।

आइतबार सुपरसिक्सको पहिलो खेलमा यूएईलाई १ रनले पराजित गरेसँगै नेपालको विश्वकप खेल्ने सम्भावना बलियो बनेको छ। सुपरसिक्सको पहिलो खेलमा ओमानसँग पराजित भएको कतारको भने विश्वकप खेल्ने सम्भावना कम हुँदै गएको छ।

नेपाल आफ्नो समूहबाट सबै खेलमा विजयी हुँदै र कतार उपविजेताका रुपमा युएई रहेको समूहबाट सुपरसिक्समा प्रवेश गरेको हो। सुपरसिक्समा नेपालको ४ अंक हुँदा कतार अंकबिहिन छ। त्यसअघि आज ओमान र यूएई भिड्दैछन्।

नेपालले भने अर्को खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ। सुपरसिक्सका शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रृलंकामा हुने विश्वकपका लागि छनोट हुनेछन्।