सेयरबजारमा आज ठूलो अंकको गिरावट आए पनि कारोबार रकम ७ अर्ब नजिक

 संवाददाता    २०८२, २६ आश्विन आईतवार १६:१३     128 जनाले पढ़िसके



Spread the love

सेयरबजारमा आज ठूलो अंकको गिरावट आए पनि कारोबार रकम भने बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७८.८३ अंकले घटेको हो।

तर कारोबार रकम भने ६ अर्ब ७० करोड पुगेको छ। कुल १ करोड ४३ लाख कित्ता सेयर बिक्रीमा यो परिमाणको कारोबार भएको हो।

आज २४२ वटा सेयरको मूल्य घट्दा नौवटाको मात्र बढेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स, पञ्चकन्या माई हाइड्रोलगायतको अधिकतम ६.०१ प्रतिशतसम्म मूल्य बढ्दा बुटवल पावर कम्पनी, नेपाल पुनर्बीमालगायतको अधिकतम ९.२७ प्रतिशतसम्मले मूल्य खुम्चिन पुगेको छ।

आज सबैभन्दा बढी कारोबार गरेको नेपाल पुनर्बीमाको सेयर लगानीकर्ताले ३८ करोडसम्म कारोबार गरेका छन्।