विराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 संवाददाता    २०८२, २६ आश्विन आईतवार १६:११     70 जनाले पढ़िसके



Spread the love

मोरङको विराटनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ। विराटनगर महानगरपालिका १४ स्थित सडकमा को २९ प ८७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महानगरपालिका १३ का ३० वर्षीय पूर्ण गुरुङको ज्यान गएको हो।

मोटरसाइलकले उनलाई शनिबार ठक्कर दिएको थियो। उनको उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिबार साँझ ज्यान गएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।