कर्तव्य ज्यान मुद्दाका दोषी मोरङका ३८ वर्षीय प्रेम विश्वकर्मालाई प्रहरी वृत्त गौशालाले काठमाडौँकै वडा नम्बर ७ बुलबुलेबाट नियन्त्रणमा लिएको हो।
अदालतले २५ वर्ष कैदको फैसला गरेपछि ५ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा रहेका विश्वकर्मा जेनजी आन्दोलनमा भएको तोडफोडको मौका पारी भागेका थिए।
विश्वकर्माले अझै २० वर्ष कैद भुक्तान गर्न बाँकी छ। उनलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाले सुन्धारा कारागारमा पठाएको छ।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट ३ हजार ३ सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए। तीमध्ये अझै ठूलो संख्यामा कैदीबन्दी नियन्त्रणमा लिन बाँकी छ।