खाना अड्किएर वृद्धको मृत्यु

 संवाददाता    २०८२, २६ आश्विन आईतवार १२:३७     130 जनाले पढ़िसके



Spread the love

ओखलढुंगामा खाना अड्किएर एक वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको खाना खाने क्रममा अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए।