गुण्डुमा एमालेको सचिवालय बैठक बस्दै

 संवाददाता    २०८२, २४ आश्विन शुक्रबार ११:१५     124 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ।

आज बिहान ११ बजे अध्यक्ष केपी ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।

‘यही असोज २७ देखि २९ गतेसम्म बस्नेगरि तय भएको पार्टी केन्द्रीय समिति बैठकको तयारीको तयारीस्वरुप आज सचिवालय बैठक बस्न लागेको हो,’ अधिकारीले भने, ‘सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा पनि तय गर्नेछ।’

यसअघि गएको आइतबारका लागि एमाले सचिवालय बैठक तय गरिएको थियो। तर, देशमा अविरल वर्षासँगै बाढीपहिरो र डुबानको समस्या बढेपछि आजको लागि सारिएको हो।