केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली

 संवाददाता    २०८२, २३ आश्विन बिहीबार १४:०८     170 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूूलाई गिरफ्तार गर्न राती ३ बजेसम्म बैठक हुने गरेको बताएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एमाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पासपोर्ट रद्ध गरेर सरकारले तमासा देखाएको समेत टिप्पणी गरे।

‘केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, अहिले राती राती ३ बजेसम्म मिटिङ कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ,’ ओलीले भने, ‘कसरी नेपाली कांग्रेसका रेमश लेखकलाई गिरफ्तार गर्न सकिन्छ। सबभन्दा पहिले उहाँहरुले सडक तमासा देखाउनु भयो। त्यो के हो भने केपी ओली लगायतको पासपोर्ट रद्ध गर्ने।’