पूर्णबहादुरलाई कार्यवाहक दिएर महाधिवेशन तालिका ल्याउने तयारीमा देउवा

 संवाददाता    २०८२, २३ आश्विन बिहीबार १३:४७     168 जनाले पढ़िसके



Spread the love

विशेष महाधिवेशन डाक्न सकिने व्यवस्था कांग्रेस विधानमा उल्लेख छ। २६ गतेको केन्द्रीय समिति बैठकअघि हस्ताक्षर बुझाउने तयारीमा महामन्त्री थापा र शर्मा छन्।

महामन्त्रीहरुले भनेजस्तो विशेष महाधिवेशनतर्फ नलागि नियमिति महाधिवेशन गर्न देउवानिकटहरु पनि तयार देखिन्छन्। यसअघिकै महाधिवेशन प्रतिनिधिलाई कायम राखेर वा छोटो समयलाई अनलाइन आवेदनमार्फत सदस्यता नवीकरण र वितरणको काम गरी नियमित महाधिवेशनमा देउवानिकटका जोड छ। कांग्रेस १५ महाधिवेशन नियमित मितिमा भए आगामी मंसिरमा हुनुपर्ने हो।

यसबारे पनि आज सिटौला निवासमा छलफल भएको थियो। सिटौलासँगको छलफलमा उपसभापति खड्का, केन्द्रीय सदस्यहरु पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, अब्दुल सतार, गुरू बराल, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, कुन्दनराज काफ्लेलगायत पुगेका थिए।

यहाँ नै देउवाले कार्यवाहक दिने संकेतबारे खुलाएका थिए। कांग्रेस विधानअनुसार पार्टी सभापति जम्मा २ पटक हुन पाइन्छ। अहिले देउवाको दोस्रो कार्यकालको अन्तिम समय चलिरहेको छ।