जेनजी हाम्रो परिचय होइन, कसैले थोपरिदिएको हो : शंकर पोखरेल

 संवाददाता    २०८२, २३ आश्विन बिहीबार १३:३४     102 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे।

‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ।’

समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले उल्लेख गरे। ‘समाज चलाउने भनेको कुनै एउटा पुस्ताको लहडको विषय होइन, समाज चलाउने भनेको अनेक पुस्ताबीचको संयोजन हो,’ पोखरेलले भने, ‘हाम्रो पूर्वीय दर्शनले कुनै पनि समाजलाई सुव्यवस्थित गराउने हो भने चार पुस्ताको संयोजन आवश्यक हुन्छ भन्छ।’