समयमै नवीकरण नगर्ने २ मनिचेञ्जरको इजाजत रद्द

 संवाददाता    २०८२, २३ आश्विन बिहीबार १०:५३     155 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ।

नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले आज सूचना जारी गर्दै काठमाडौँको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेञ्ज र ठमेलमा रहेको केटीएम ओम मनि एक्सचेञ्जकाे इजाजत रद्द गरेको हो।

राष्ट्र बैंक मनिचेञ्जलर इजाजतपत्र तथा निरीक्षण नियमावली २०७७ को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको सयममा नवीकरण नगरेकाले ती मनिचेञ्जरको इजाजत रद्द गरिएको सूचनामा उल्लेख छ।