राति गण्डकी प्रदेशसहित यी स्थानमा हल्का वर्षाको सम्भावना

 संवाददाता    २०८२, २२ आश्विन बुधबार २०:२८     121 जनाले पढ़िसके



Spread the love

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार साँझ) गण्डकी प्रदेशका थोरै स्थान, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार राति (बिहीबार बिहान ६ बजेसम्म) कोसी प्रदेशलगायत देशका पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस क्रममा गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेशलगायत देशका पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशको पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पश्चिमी भेगका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ भने देशका बाँकी ठाउँमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव छ।