सुदनले भने- हामी हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ, हाम्रो नाम प्रयोग गरी भड्काइँदै छ

 संवाददाता    २०८२, २१ आश्विन मंगलवार १९:०१     159 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफ्नो नाम प्रयोग गरेर आपराधिक हिंसा भड्काउन खोजिएको बताएका छन्।

उनले त्यस्तो कार्य गर्नेले कानुनबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी पनि दिएका छन्। उनले कुनै पनि हिंसात्मक कार्यमा संलग्न नहुन र हुन पनि नदिन आग्रह समेत गरेका छन्।

‘हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो नाम प्रयोग गरी आपराधिक गतिविधिहरू भडकाइँदै छ। त्यस्तो कार्य गर्नेहरूले कानुनबमोजिम सजाय भोग्नुपर्नेछ। हाम्रो आन्दोलन सधैँ शान्तिपूर्ण नै थियो र रहनेछ। त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौँ। हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौँ कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन।’

उनले अगाडि लेखेका छन्, ‘अब जनता जागिसकेका छन्। हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’