इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

 संवाददाता    २०८२, २१ आश्विन मंगलवार १३:०८     208 जनाले पढ़िसके



Spread the love

नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।

मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो ।

उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ ।

उनीभन्दा पछाडि सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।

१८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ को छ ।