सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ। प्रतितोला दुई हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३३ हजार एकसय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।
हिजो सुनको मूल्य तोलाको दुई लाख ३० हजार ६ सय थियो।
असोज १२ गतेपछि आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो। सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ।
यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। त्यसयता आइतबार मात्रै सुनको मूल्य निर्धारण भएको हो।
आज चाँदीको मूल्य पनि उच्च भएको छ। प्रतितोला चाँदीको मूल्य आज दुई हजार नौसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हिजो चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।