चर्को आलोचनापछि सूर्य थापाले आफ्नो स्टाटसबाट हटाए बालेनको थर जनिने शब्द

 संवाददाता    २०८२, १४ आश्विन मंगलवार ०८:३१     512 जनाले पढ़िसके



Spread the love

चर्को आलोचनापछि नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले आफ्नो फेसबुक स्टाटसबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को जाति जनाउने शब्द हटाएका छन्।

जेनजी आन्दोलनमा भएका तोडफोड र आगजनीबारे छानबिन गर्न जाँचबुझ आयोग बनिसकेकाले यसको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी त्यसमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही नगर्ने भनेर गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्ने क्रममा थापाले मेयर बालेनविरुद्ध आक्रोश पोख्दै आफ्नो स्टाटसमा उनको थर पनि उल्लेख गरेका थिए।

तर सामाजिक सञ्जालमा मधेसी समुदायप्रति नश्लीय मानसिकताले ग्रस्त भनेर व्यापक आलोचना भएपछि उनले बालेनको थर जनिने शब्द हटाएर स्टाटस सच्याएका हुन्। तर आलोचकहरूले उनले लेखेको पहिलो स्टाटसको स्क्रिनसट सुरक्षित राखेका छन्।

यस विषयमा बालेन स्वयंले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।

हेर्नुहोस् पछिल्लो स्टाटस:

अघिल्लो स्टाटस: