टीकाको दिनबाहेक अरु सबै दिन भन्सार जाँचपासको लागि बैंकिङ सेवा जारी राख्न राष्ट्र बैंकको निर्देशन

 संवाददाता    २०८२, १२ आश्विन आईतवार १९:५३     215 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले दशैँमा टीकाको दिनबाहेक अरु सबै दिन भन्सार जाँचपासको लागि बैंकिङ सेवा यथावत् राख्न निर्देशन दिएको छ।

बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै बैंक तथा वित्तहरुलाई यस्तो निर्देशन दिएको हो।

भन्सार विभागको अनुरोधपछि केन्द्रीय बैंकले सूचना जारी गरेको हो।

राष्ट्र बैंकले ९ गते विभागले पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवाप्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि अनुरोध गरेको थियो।

सोहीअनुसार १६ गते टीकाको दिनबाहेक अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्न सूचनामार्फत भनिएको छ।