ऊर्जामन्त्री घिसिङ कात्तिक १० गते भारत जाने

 संवाददाता    २०८२, १२ आश्विन आईतवार १९:५०     82 जनाले पढ़िसके



Spread the love

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ कात्तिक १० गते भारत जाने भएका छन्।

असोज १२ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुन उनी त्यसतर्फ जाने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ’ उनले भने।