जेनजी आन्दोलनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरु

 संवाददाता    २०८२, १२ आश्विन आईतवार १४:५६     214 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनपछि नेकपा एमालेको पहिलो सचिवालय बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ।

बालकोटस्थित निवासमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली गुन्डु सरेकाले उनकै निवासमा बैठक बसेको हो।

भदौ २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनपछि ओली राजीनामा दिन बाध्य भएका थिए।

सरकार ढलेसँगै नेकपा एमालेभित्र अब ओलीको विकल्प खोज्नुुपर्ने बहस चलेको छ।

यस्तो बहसकै बीच पहिलो पटक बोलाइएको सचिवालय बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ।

सचिवालय बैठक बोलाउनुुअघि ओलीले सचिवालयमा रहेका नेताहरुलाई आफ्नो निवासमा एक्लाएक्लै बोलाएर छलफल गरेका थिए।